विशेषताहरू:

• पुरानो डिजाईन तर नयाँ प्रविधिबाट काम गर्ने हुनाले फिनिशिङ राम्रो आउने।

• परम्परागत झल्किने।

• पर्खाल निर्माण भएपश्चात प्लास्टर र रङ्ग गर्न नपर्ने।

• उच्च गुणस्तरीय सामाग्रीहरुको समिश्रण जस्तै- व्हाइट सिमेन्ट, चुन र सुर्खी धूलो सही तरिकाले मिसाएर गरिने भएकाले प्लास्टर जस्तै लामो समयसम्म टिक्ने।

• सुर्खि लगाईसकेपछि केही महिना सुक्न दिएर, सिलिकन पोलिस लगाउने हुनाले टल्कीनुको साथै घाम पानीबाट जोगाउने, लेऊ नलाग्ने।

• आफूले पछि चाहेको खण्डमा सिलिकन पोलिस मात्र गरे हुने।

• ईट्टाको जोडाईको मसला भागमा मात्रै सुर्खी लगाउने हुनाले संरचनालाई भार कम हुने।