सुर्खी शब्द - एक फारसी शब्द हो जुन उर्दू र हिन्दीमा प्रयोग गरिन्छ। यसको अर्थ: रातो, रातो रङ जस्तै भन्न खोजिएको हो। सुर्खी एक प्रकारको राम्ररी जलेको धूलो माटो हो र सामान्यतया जलेको ईटाबाट बनाइन्छ। सुर्खी डिजाईन -चूना, सुर्खी, सिमेन्ट र पानी मिसाएर लगाइन्छ।  यो सुर्खि, चुना मोर्टार भन्ने अर्को प्रकारको हो जसमा बालुवालाई स्रट्रकचर र बलको लागि सुर्खीले प्रतिस्थापित गरेर लगाइने गरिन्छ । यसको प्रयोग सिमेन्टको आविष्कार हुनुभन्दा पहिलेदेखि नै  हुँदै आएको छ । यो डिजाइन पुरानो परम्परागत डिजाईन भएपनि अहिले आधुनिक डिजाईनका घरहरूमा पनि आधुनिक र परम्परागत शैलीको संघम धेरै राम्रो देखिने भएकाले यसमा धेरैको रुचि बढ्दै गएको देखिन्छ।